काठमाडौं, १७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुन्दर हरैचा नगर समिति पुनर्गठन भएको छ । गछियास्थित नगरसमितिको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट शंकर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा बलिराम राई, सचिव भोगेन्द्र याम्फु, कोषाध्यक्ष आरती राई सह कोषाध्यक्ष विक्रम याम्फु चयन भएका छन् । पुनर्गठन कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य कुन्ता राई रहेकी थिइन् ।
जसपाको कोसी प्रदेशस्तरीय बैठकबाट पार्टीका केन्द्रीय सदस्यहरुलाई नगर र गाउँ समिति पुनर्गठनको जिम्मेवारीमा खटाएको छ ।