Logo

अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने व्यक्ति पक्राउ



काठमाडौं, १७ संसिर । आन्तरिक राजश्व विभागको अन्तः शुल्क स्टिकरको दुरुपयोग गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारबाट स्थानीय ४८ बर्षीय सुनिल कुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुर्तिजन्य पदार्थ (भोला/गुट्खा) को पाकेटमा प्रयोग गरीने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग भई रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले राजवंशीले संचालन गर्दै आएको केशव किराना पसलबाट Readymade Tobacco लेखिएको अन्तःशुल्क स्टिकर ३ हजार १ सय ४० थान बरामद गरेको छ । राजवंशीलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय बिराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्