Logo

कोप–२८ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता



काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८औं सम्मेलन (कोप) मा सहभागी भएर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड आज (आइतबार) साँझ फ्लाई दुबईको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको टोली मंसिर १३ गते बुधबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनलाई विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले स्वागत गरे।

प्रधानमन्त्री प्रचण्डले शनिबार कोप–२८ सम्मेलनलाई सम्बोधन गर्दै ‘नेपालमाथिको अन्याय रोकिनुपर्ने’ बताएका थिए।

त्यसअघि शनिबारै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका थिए।



प्रतिक्रिया दिनुहोस्