Logo

म्याद गुज्रिएको टुबोर्ग बियर बजारमा छ्यापछ्याप्ती



काठमाडौं, १७ मंसिर । देशकै राजधानी काठमाडौंमा म्याद गुज्रिएको टुबोर्ग बियर विक्रि–वितरण भइरहेको पाइएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एका भोजमा ल्याइएको टुबोर्ग बियर म्याद गुज्रिएको पाइएको हो ।

उक्त भोजमा आएका केही ब्यक्तिहरुले खाइसकेपछि बियरमा म्याद गुज्रिएको थाहा भएको छ । उक्त बियर बानेश्वरकै एक स्टोरबाट लगिएको बताइएको छ ।

बियरको बोलतमा उपभोगका लागि योग्य मिति ७ नोभेम्बर २०२३ भएपनि आज ३ डिसेम्बर २०२३ सम्म उक्त बियर खुलम्खुल्ला विक्री वितरण गरिएको पाइएको हो । ३३० एमएलको टुबोर्ग बियर खाएकाहरुले बियरको बास्तविक स्वाद नआएको बताएपछि मिति हेरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्