Logo

काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरुवात



काठमाडौं, २ पुस । काठमाडौं जिल्ला अदालतमा आजबाट टोकन प्रणाली सुरुवात भएको छ । अदालतलाई ब्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकनको सुरुवात गरिएको अदालतले जनाएको छ ।

काठमाडौं जिल्ला बार एशोसिएशनका अध्यक्ष अधिवक्ता टोकन प्रणालीको सुरुवात भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सेवाग्राहीले सेवा लिँदा भीडभाड नहोस् र सहज सेवा पाउन भन्ने उद्देश्यका साथ उक्त प्रणाली लागू गरिएको बताए । टोकन प्रणालीको सुरुवात अदालतलाई प्रविधिमैत्री बनाउने प्रयास भएको उनले बताए ।

टोकन प्रणालीबाट मुद्दा दर्ता गर्ने प्रक्रिया

पहिलो चरणः भुँई तलाको लगत शाखामा (कोठा नं.६) गई लगत भिडाउने ।

दोस्रो चरणः लगत भिडाई सकेपछि कोठा नंं २० फिराद दर्ता शाखामा तोकिएको अधिकृत कर्मचारीबाट फिराद रुजु गराई टोकन लिने

तेस्रो चरणः टोकन स्लिप लिएर बैंक काउन्टरमा गई तोकिएको दस्तुर बुझाउने, दस्तुर बुझाईसकेपछि भुँई तलाको कोठा नं. २० को डिस्प्ले बोर्डमा आफ्नो टोकनको पालो नआउने समय सम्म प्रतिक्षा गर्ने ।

चौथो चरणः डिस्प्ले बोर्डमा आफ्नो नम्बर आएपछि वा दर्ता गर्ने कर्मचारीले टोकन नम्बर बोलाए पश्चात् आफूसँग भएका मुद्दा दर्ताको लागि आवश्यक पर्ने लिखत कागजातहरु सहितको फाईल लिएर दर्ता गर्न तोकिएको काउन्टरमा जाने ।



प्रतिक्रिया दिनुहोस्