Logo

प्रधानमन्त्री प्रचण्डलाई ‘नागरिक अभिनन्दन’ गरिने



काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने भएको छ । राष्ट्रिय ज्यापू दिवसको अवसरमा आगामी पुष १० गते प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन गर्न लागिएको हो ।

आज (सोमबार) कोषले बसन्तपुरमा एक कार्यक्रमबीच नागरिक अभिनन्दन गर्न लागिएको ब्यहोराको निमन्त्रणा पत्र दिएको छ ।

राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवादउन्मुख लोकतन्त्र र सङ्घीयतालाई व्यावहारिक रुपमा लागू गरेको, नेपाल सम्बत्लाई सरकारी दस्तावेजमा उल्लेख गर्न र बागमती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई मान्यता दिन अभिभावकीय भूमिका निर्वाह गरेकाले प्रधानमन्त्री प्रचण्डलाई अभिनन्दन गर्न लागिएको कोषले जनाएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्