काठमाडौं, ३ पुस । नेपाल बार एशोशिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले चोकमा बसेर न्याय किनबेच हुने दिनको अन्त्य भएको बताएका छन् । आज (मंगलबार) न्याय सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले बारको आन्दोलनले बानेश्वर चोकमा बसेर न्याय खरिद विक्री हुने दिनको अन्त्य गराएको बताएका हुन् ।
अहिले ब्रिफकेस बोकेर बानेश्वर चोकमा न्याय किनबेच हुने अवस्था नरहेको उनले बताए । फरक प्रसंगमा उनले उही दफा वा उनी कसुरमा चलेको मुद्दामा एक जना छुट्ने र अर्को थुनामै रहने अवस्था भने अझै रहेको भन्दै उनले असन्तुष्टि जनाए ।
साथै, अर्थसँग सम्बन्धित मुद्दामा पनि थुनामै राखेर कारबाही अगाडि बढाउँदा ब्यवसायीहरु आतंकित बनेको उनको भनाई छ । फौजदारी न्यायको सन्दर्भमा उद्धार हुन नसकिएको समेत उनको स्वीकारोक्ति छ । File Photo/RN