Logo

सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ



काठमाडौं, ३ पुस । सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले गुल्मी जिल्ला सत्यवति गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका वर्ष ४४ को डिल बहादुर गलामीलाई पक्राउ गरेको हो ।

म्यासेजिङ एपमा साथी बनी कुराकानी हुने क्रममा भएका वार्तालापको स्क्रिन रेकड गरी राखेको तथा उक्त स्क्रिन सट सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देश सहित पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा उनीविरुद्ध मुद्दा परेको थियो ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा गत भदौ २६ गते मुद्दा दर्ता गरी खोजतलास गर्दा फेला नपरी फरार रहेको र गत असोज १९ गते काठमाडौं जिल्ला अदालतमा फाइल पेस भएको प्रहरीले जनाएको छ ।

उनी जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पुस २ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई आज काठमाडौं जिल्ला अदालतमा अदालती कारबाहीको लागि पेस गरिएको प्रहरीले जनाएको छ । File photo/RN



प्रतिक्रिया दिनुहोस्