Logo

वायुसेवा निगमको आम्दानी दोब्बरभन्दा बढिले वृद्धि



काठमाडौं, ३ पुस । नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्वरभन्दा बढिले वृद्धि भएको छ । निगमले आज विज्ञप्ति जारी गर्दै गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

‘महालेखा परिक्षकको लेखापरिक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आ.व २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो भने आव २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको छ । त्यसैगरी आ.व २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ,’– विज्ञप्तिमा भनिएको छ ।

विगत आठ बर्षदेखि निगमसँग अन्तर्राष्ट्रिय तर्फ ४ वटा र आन्तरिक तर्फ २ वटा जहाज उडानमा रहेको छ । वर्तमान नेतृत्वले सम्हाले पश्चात उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर उपलब्धी हासिल गर्न सफल भएको र निगम विस्तारै प्रगति उन्मुख भएर अगाडि बढिरहेको निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्