Logo

शिक्षा जीवनपयोगी हुन नसक्दा धेरै युवा विदेश जानुपरेको छः उपसभामुख राना



काठमाडौं, ३ पुस । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक भएको बताएकी छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले दमकमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उनले शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो रहेको बताएकी हुन् ।

सरकारले शैक्षिक विकासमा ठूलो लगानी गर्दैआएको उल्लेख गर्दै उपसभामुख मगरले भनिन्, “सरकारबाट जति प्रयास भएको छ, त्यसले गुणात्मक प्रतिफल दिन सकेको छैन । यसमा सबै पक्ष गम्भीर हुनुपर्छ ।” देशको शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान उल्लेखीय रहेको उनको भनाइ थियो ।

उपसभामुख मगरले नेपालको शिक्षा जीवनपयोगी हुन नसकेकै कारण धेरै युवा विदेश पढ्न जाने गरेका र यो चिन्ताको विषय भएको बताईन् । सो अवसरमा उनले प्याब्सनमा महत्वपूर्ण योगदान पुर्याएवापत शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थ्रोपा र प्याब्सन झापाका पूर्वउपाध्यक्ष चन्द्रप्रकाश राईलाई सम्मान गरिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot