Logo

कंगोबाट शान्ति सेना फिर्ता गर्ने सुरक्षा परिषद्को निर्णय



एजेन्सी । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकले डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ । सुरक्षा परिषद्को बैठकले सर्वसम्मत रुपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अन्तराष्ट्रिय न्युज एजेन्सीहरुले जनाएका छन् ।

यो सँगै कंगोमा रहेका १४ हजारभन्दा धेरै शान्ति सेनाहरु फिर्ता हुने छन् । कंगो सरकारले शान्ति सेना सशस्त्र समूहलाई नियन्त्रण गर्न र शान्ति स्थापना गर्न नसकेको भन्दै शान्ति सेना फिर्ता गर्न माग गरिरहेको थियो । कंगोमा नेपाली सेना पनि शान्ति सेनाको रुपमा सहभागी छ । नेपाली सेनाका अनुसार अहिले कंगोमा शान्ति सेनाका रुपमा ११५२ सैनिक रहेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्