काठमाडौं, ४ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले सरकार र संसद् कहाँ छ भनेर प्रश्न उठाएका छन् । माथिल्लो कर्णाली आयोजनाको हिस्साा भारतीय कम्पनी जीएमआरले अर्को कम्पतीलाई बेच्न लागेको भन्दै उनले उक्त प्रश्न गरेका हुन् । १५ वर्ष आयोजना ओगटेर जीएमआरले सम्झौता अनुसारको काम नगरेको उनको दाबी छ । उक्त कम्पनीले झण्डै चार अर्ब हर्जना नेपाललाई तिर्नुपर्नेमा उल्टै आयोजनाको हिस्सा अर्को कम्पनीलाई बेच्नु आपत्तिजनक रहेको उनले बताएका छन् ।
भारतीय कम्पनी जीएमआरले नेपाल राज्यको सार्वभौम अधिकारको खिल्ली उडाएको उनको दाबी छ । यस्तो बेलामा पनि देशमा सरकार संसद्को नदेखिएको तर्फ लक्षित गर्दै नेता रावलले भनेका छन्, ‘देशमा सरकार र संसद कहाँ छरुराज्यका अधिकार प्राप्त निकायहरू कहाँ छन् ? दलका नेता के गर्दै छन् ? मातृभूमी र राष्ट्रिय हितमाथिको यस्तो नांगो हमला देश हाक्छु भन्ने प्रधामन्त्री र दलका नेताहरूलाई थाहा छ कि छैन ?’
नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्ः
माथिल्लो कर्णाली आयोजनाको हिस्सा भारतीय कम्पनी जीएमआरले अर्को भारतीय कम्पनीलाई बेच्न लाग्यो रे ! यसो गर्नु आयोजना विकास सम्झौताको विरूद्धमा हुन्छ । १५ बर्ष आयोजना ओगटेर सम्झौताअनुसार जीएमआरले समयमा काम नगरी झण्डै ४ अर्ब हर्जाना नेपाललाई तिर्नुपर्नेमा उल्टै उसले अर्को भारतीय सरकारी कम्पनीलाई हिस्सा बेच्ने भन्नु अत्याचार र नेपाल राज्यको सार्वभौम अधिकारको खिल्ली उडाउनु हो ।
देशमा सरकार र संसद कहाँ छ ? राज्यका अधिकार प्राप्त निकायहरू कहाँ छन् ? दलका नेता के गर्दै छन् ? मातृभूमी र राष्ट्रिय हितमाथिको यस्तो नांगो हमला देश हाक्छु भन्ने प्रधामन्त्री र दलका नेताहरूलाई थाहा छ कि छैन ? सत्ता स्वार्थका लागि विदेशीको दलाली गर्दै राष्ट्रमाथिको अत्याचार र थिचोमिचोलाई बढावा दिने निर्लज्ज कुकृत्य नहोस् !