Logo

राष्ट्रिय सभा सदस्य निर्वाचनः कसको मतभार कति ?



काठमाडौं, ४ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको छ । निवार्चन आयोगले आगामी माघ ११ मा हुने निर्वाचनका लागि मतदता नामावली स्वीकृत गरेको हो ।

नेपालको संविधानले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने ब्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीहरुको मतभार फरक रहेको छ ।

आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २०४७ जना मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । आयोगले प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकेको छ ।

आयोगले सार्वजनिक गरेको विज्ञप्तिअनुसार मतदाताको रुपमा ५४९ प्रदेश सभा सदस्य रहेका छन् । उनीहरुको मतभार २९ हजार ९७ हुन्छ । त्यसैगरी, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १४९८ जना मतदाताको नामावली स्वीकृत भएको छ । उनीहरुको मतभार २८ हजार चार सय ६२ हुन आउँछ ।



प्रतिक्रिया दिनुहोस्