Logo

राष्ट्रिय सभा निर्वाचनः जनमत पार्टीको एक सिटमा दाबी



काठमाडौं, ४ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीले एक सिट दाबी गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी रहेको जनमतले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एक सिट दाबी गर्ने भएको हो ।

सरकारमा सहभागी दलहरु राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन गरेर जाने तयारीमा छन् । सोही गठबन्धन दलभित्र रहेर एक सिटमा दाबी गर्ने जनमतको तयारी रहेको छ । मुख्यतः जनमतको मधेशमा जनाधार बलियो रहेको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्