Logo

मन्त्रीहरुको रिपोर्ट कार्डमा सामान्य प्रशासन मन्त्री अनिता देवी उत्कृष्ट



काठमाडौं, ४ पुस । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहको रिपोर्ट कार्ड उत्कृष्ट देखिएको छ । कार्यसम्पानको आधारमा तयार भएको रिपोर्ट कार्डमा उनी उत्कृष्ट भएकी हुन् ।

जनमत पार्टीबाट मन्त्रालयको नेतृत्व गरिरहेकी साह गत साउन २९ मा नियुक्त भएकी हुन् । उनी मन्त्री बनेसँगै मन्त्रालयमा विचौलियाहरुको राज अन्त्य भएको छ ।

साथै, वर्षौंदेखि रोकिएको संघीय निजामति ऐन मन्त्रिपरिषद्बाट पास भएर संसद्मा प्रवेश गरेको छ । त्यसैगरी निजामति कर्मचारीहरुको सरुवा बढुवालाई परादर्शी ढंगले अगाडि बढाउन उनी लागिपरेकी छन् । सरुवा बढुवालाई ब्यवस्थित र पारदर्शी बनाएर कर्मचारीहरुको मनोवल वृद्धि गर्नेतर्फ उनी अग्रसर रहेकी छ ।

उनी निकट स्रोतका अनुसार उनको कार्य सम्पादनलाई लिएर प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ समेत सन्तुष्ट छन् । उनले मन्त्रालयको नेतृत्व गरेसँगै संघ र स्थानीय तथा प्रदेश र स्थानीय तहबीचको सम्पर्क र समन्वय प्रभावकारी भएको छ । साथै, सङ्घीयता कार्यान्वयनमा आवश्यक समन्वय र सहजीकरण समेत भएको छ । उनको नेतृत्वमा मन्त्रालयका विभिन्न शाखाहरुको कार्यसम्पादनसमेत प्रभावकारी बनेको छ ।



प्रतिक्रिया दिनुहोस्