काठमाडौं, ५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभाअन्तर्गत पूर्वधार विकास समितिका सभापति दीपक बहादुर सिंहले आफूहरु राजसंस्था र हिन्दुराज्यको पुनर्स्थापना, संघीयता खारेजी र भ्रष्टाचारीहरुलाई निर्मुल पार्ने मुद्दा लिएर अगाडि बढिरहेको बताएका छन ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु उक्त मुद्दाहरु लिएर जनताको माझ गइरहेको बताएका हुन् ।
‘जनताले फालेको राजसंस्थामा किन समय खेर फालिरहनु भएको छ ?’ भन्ने धमलाको प्रश्नमा उनले राप्रपाले राजसंस्था ल्याउने नभएर राप्रपाले त्यसको कमाण्डमात्रै गर्ने बताए । उनले नेपाली जनताले मात्रै राजसंस्था पुनर्स्थापना गर्न सक्ने बताए ।
‘राप्रपाले राजसंस्था ल्याउने होईन । राजसंस्था नेपाली जनताको आन्दोलनबाट जनताले नै निर्मल निवासबाट नारायणहिटी ल्याउने हो । राप्रपाले त त्यसको कमाण्डमात्रै गर्ने हो । सबै राष्ट्रवादी शक्तिहरुलाई समेटेर हामी यो अभियानको नेतृत्व गर्छौं । साथ जनताको हो, त्यसकारण जनआन्दोलन हामीले भनेका छौं,’– उनले भने ।
सरकारले जनतालाई डेलिभरी दिन नसकेको र जनतामाथि ट्याक्स लादेर ब्रम्हलुट गरेको उनले बताए । राप्रपाले वर्तमान संविधान मानेको उनले बताए । वर्तमान संविधान गणतन्त्रवादीहरुले नै उल्लङ्घन गरेको उनको दाबी छ । राजसंस्था पुनर्बहालीका लागि सडक र सदन तताउन आफूहरु तयार रहेको उनले बताए ।
‘