Logo

सरकारी राजश्व मालपोतका कर्मचारीको खातामा, विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार



काठमाडौं, ५ पुस । विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ । मालपोत कार्यालय सिमराका तत्कालीन कार्यालय प्रमुख (नायब सुब्बा) मदन प्रसाद गुप्ता, लेखापाल युगल किशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउत प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार पुनरावेदन लिएर अख्तियार पुगेको हो ।

प्रतिवादीहरुले सरकारी राजश्व नीजी बैंक खातामा जम्मा गरेको, कार्यालयबाट संकलन भएको राजश्व खाई मास्ने तथा आफू कार्यरत रहेको कार्यालयको हिसाब/किताब समेत दुरुस्त नराखेको अख्तियारको आरोप छ ।

उनीहरुले आर्थिक बर्ष २०७५÷०७६ को फाल्गुण १२ गतेसम्ममा संकलित राजश्व रकममध्ये चार करोड ५८ लाख ७१ हजार २० रुपैया खाइमास्ने काम गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोही ऐनको दफा ३ को उपदफा (१) को (झ) बमोजिम सजाय मागदावी लिई विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रतिवादीहरुलाई सफाई दिने गरी विशेषबाट भएको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा आज पुनरावेदन दर्ता गराएको हो ।



प्रतिक्रिया दिनुहोस्