Logo

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत



काठमाडौं, ५ पुस । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्या शून्य दशमलव ५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति दलित बाहेकलाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय गरेको छ ।

साथै, अपाङ्गता भएका व्यक्ति सम्बन्धि राष्ट्रिय नीति २०७९ लाई समेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । राष्ट्रिय बालबालिका नीति २०७९ पनि मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।



प्रतिक्रिया दिनुहोस्