Logo

जसपाको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण सकियो



काठमाडौं, ५ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । मधेस प्रदेशको जनकपुरस्थित रमन टावरमा सोमबारदेखि तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।

मंगलबारदेखि आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले , समाजवाद, मधेस र पत्रकारिता विषयमा सहभागीहरुलाई प्रशिक्षण दिए ।

त्यस्तै पार्टीका राजनीतिक समिति सदस्य अर्जुन थापाले सामाजिक लोकतन्त्रमा लोककल्याणकारी राज्यको अवधारणा विषयमा प्रशिक्षण दिए ।

प्रेस मञ्च, नेपाल मधेस प्रदेश समितिको आयोजना गरेको प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारसहित करिब एक सय जना प्रतिनिधि सहभागी रहेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot