Logo

परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा ‘मखमली चोली’ गीत सार्वजनिक (भिडियो)(भिडियो )



काठमाडौं,६ पुस । “द भ्वाइस अफ किड्स” की परिश्ना बास्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ भिडियो सार्वजनिक गरिएको छ । चर्चित बालकलाकार ‘द भ्वाइस अफ किड्स’ की परिश्ना बस्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो फोली’ पहिलो गित बजारमा आएको हो ।

मन्दिरा ढुंगेलको शब्द र राजनराज शिवाकोटीको संगीतमा रहेको उक्त गीत र म्युजिक भिडियो परिस्ना बास्तोलाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

परिश्ना बस्तोला र आश्रिया थापाको अभिनय रहेको म्युजिक भिडियोलाई शुरेन्द्र बश्यालले निर्देशन गरेका छन् । मारुनी भाकाको उक्त गीत र म्युजिक भिडियोमा बाल-मनोभावनालाई समेटिएको छ । उक्त भिडियोको प्रोड्युसर सुलोचना कार्की हुन्।



प्रतिक्रिया दिनुहोस्