Logo

उच्च अदालतमा ३९ न्यायाधीश रिक्त, नियुक्तिको तयारी



काठमाडौं, ६ पुस । उच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिको तयारी सुरु भएको छ । न्यायाधीश नियुक्तिका लागि आज (शुक्रबार) न्याय परिषद्को बैठकसमेत बसेको छ ।

बैठकमा देशभरका उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति गर्नेबारे छलफल भएको छ । हाल देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीशको पद खाली छ ।

रिक्त न्यायाधीश पदमा कानुन व्यवसायी, जिल्ला अदालतका न्यायाधीश र न्याय सेवाका प्रथम श्रेणीका अधिकृतबाट पदपूर्ति गर्ने संवैधानिक ब्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्