Logo

विद्यालयमा डीआई नराख्न काठमाडौं महानगरको निर्देशन



काठमाडौं, ६ पुस । काठमाडौं महानगरपालिकाले अनुशासन इन्चार्ज (डीआई) नराख्न मातहतका विद्यालयलाई निर्देशन जारी गरेको छ ।

अनुशासन कायम गर्नेभन्दै केही विद्यालयले डीआई राखेको विषयमा गुनासो परेको भन्दै महानगरले यस्तो निर्देशन जारी गरेको हो ।

विद्यालयले डीआई राखेर विद्यार्थीमा भय सिर्जना गरेको, विद्यार्थीहरुमा मनोवैज्ञानिक रुपमा नकारात्मक असर परेको र शारीरिक यातनासमेत दिइने गरेको पाइएको भन्दै महानगरले त्यसो नगर्न मातहतका विद्यालयहरुलाई सचेत गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot