Logo

कांग्रेस मधेश प्रदेश सम्मेलनमा नेता गुप्ता सम्मानित



जनकपुर, ७ पुस । नेपाली कांग्रेस मधेश प्रदेश सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेको छ । पुस ५ र ६ गते भएको प्रदेश सम्मेलनको उत्कृष्ट प्रचार–प्रसार गरेकोमा प्रदेश सभापति कृष्णप्रसाद यादवले सम्मान गरेका हुन् ।

सम्मेलनको बन्दसत्रमा गुप्ताको कामको सबै नेताहरूले प्रशंसा गरेका थिए । शारीरिक अपांगताका भएपनि पार्टीको लागि गुप्ता अवरात्र खट्ने गरेको नेताहरूको भनाइ थियो । कांग्रेस मधेश प्रदेशले प्रदेश सम्मेलनको प्रचार–प्रसार स्थानीय भाषामा मैथली, भोजपुरी, नेपाली र बाजिका गरि चार भाषामा र समाजिक संजाल विभिन्न सचारमाध्यम बाट प्रचारप्रसार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्