Logo

एकीकृत समाजवादीको सचिवालय बैठक आज



काठमाडौं, ७ पुस । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्ने भएको छ । आजको बैठकमा मस्यौदा समितिले पेश गरेको पार्टीको विधानमाथि छलफल हुने बताइएको छ । साथै, आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र उम्मेदवारीका बारेमा पनि छलफल हुने बताइएको छ ।

नेकपा (एस) को गत पुस २ र ३ गते बसेको सचिवालय बैठक आज बस्ने गरी स्थगित भएको थियो । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।



प्रतिक्रिया दिनुहोस्