Logo

एकीकृत समाजवादीले जीवन पर्यान्त गरिने अङ्गदानका निम्ति नेता/कार्यकर्तालाई आह्वान गर्ने



काठमाडौं, ७ पुस । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले अङ्गदानका लागि पार्टीका नेता तथा कार्यकर्तामाझ आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् । नसर्ने प्रवृतिका दीर्घ रोग बढिरहेको र अंग प्रत्यारोपणमा सहयोग पुग्ने विश्वाससहित जीवन पर्यान्त गरिने अंगदानका लागि पार्टीका नेता तथा कार्यकतामाझ आह्वान गरिने बताए ।

त्यसैगरी, बैठकमा महाधिवेशनमा प्रस्तुत गर्ने विधानका विभिन्न विषयहरुमा धारा उपधाराहरुमा छलफल भएको उनले बताए । बैठकमा आएका सुभावहरुलाई समेटेर आगामी पुस ११ देखि १३ सम्म बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्