काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार नदिइए आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका छन् ।
कांग्रेस बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीय सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानुन निर्माण नगरे आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका हुन् ।
आफूहरुले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानुन माग गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेवास्ता गरेको समेत उनको आरोप छ ।
‘प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने महासमिति बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसँगै उपस्थित हुनेछौं,’– उनले भने । File Photo/RN