Logo

कांग्रेस बागमती प्रदेश सभापति भन्छन्, ‘धर्मनिरपेक्षता जनताले मागेका थिएनन्, रिथिङ्क गर्नेबेला भएको छ’



काठमाडौं, ८ पुस । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेश सभा सदस्य इन्द्र बानियाँले धर्मनिरपेक्षता जनताले नखोजेको मागलाई लादिएको बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसको बटमलाईन धर्मनिरपेक्षता भन्दा पनि धार्मिक स्वतन्त्रता रहेको बताए । धर्म निरपेक्षता भन्दा जनतामा राष्ट्रको धर्म छैन भन्ने भ्रम परेकाले धार्मिक स्वतन्त्रता, सार्वभौम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर जानु उचित हुने बताए ।

‘संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रलाई राजाले कमजोरी ठान्नुभयो । प्रत्यक्ष शासन लिनुभयो, त्यसपछि कांग्रेसले नेपालको अस्थिरता, भय र त्रासको अवस्था, सशस्त्र विद्रोह अन्त्य गर्नलाई जनतासँग नाता जोडेर मानवताको सिद्धान्तले राजनीति गरेको कांग्रेसले त्यसपछि राजा छोड्यो । जनतासँग नाता जोडेर शान्ति प्रक्रिया गरेर मुलुकलाई निकास दियो ।’ उनले भने, ‘त्यो निकास दिने क्रममा जनताले नखोजेको माग धर्मनिरपेक्ष बनाइयो । योमाथि अहिले प्रश्नैपश्न उठेको छ । गणतन्त्रको लागि नै संघर्ष गरेको तर त्यो गणतन्त्र प्राप्ति र संघीयता प्राप्तिमा धर्मको कुरा उठेको थिएन । अचानक धर्मलाई निरपेक्ष बनाइयो भन्ने कुरामा जनतामा बसह चलेको छ । यसको बारेमा गणतन्त्रवादीहरुले रिथिङ्क गर्नेबेला आएको छ ।’

राजाले दलमाथि लगाएको प्रतिबन्ध लगाउँदा पञ्चायतनै हटेको बताउँदै उनले जनतामा धर्मनिरपेक्षता भनेको राज्यको धर्मनै नहुने भन्ने भ्रम परेकाले यसमा रिथिङ्क गरेर धार्मिक स्वतन्त्रता राखिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot