Logo

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्यले आर्थिक अनियमितता र अश्लिल गालीगलौज गरेको आरोप



काठमाडौं, ८ पुस । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देविदत्त आचार्यमाथि आर्थिक अनियमितता र मदिरा सेवन गरि अश्लिल गालीजलौज गरेको आरोप लागेको छ । आज (आइतबार) आज (आइतबार) केन्द्रीय कार्यालय भृकुटीमण्डपमा केन्द्रीय उपाध्यक्ष अनिता घिमिरेसहित प्रदेश अध्यक्षहरुले पत्रकार सम्मेलन गरी अध्यक्ष आचार्यमाथि उक्त आरोप लगाएका हुन् । अध्यक्ष घिमिरे अराजकता, अपारदर्शीता निरंकुश शैलीमा अगाडि बढेको उनीहरुको आरोप छ ।

उनीहरुका अनुसार २०७९ कार्तिक १३ र १४ गते नेपालगञ्जमा भएको महासंघको साधारण सभामा भएको खर्च अपारदर्शी रहेको छ । महासंघले आठ सय प्रतिनिधि र सहयोगी कर्मचारी, स्वयंम सेवक गरि करिब एक हजार तीन सय जनाको दुई दिनको आठ सयका दरले खाना आवासको व्यवस्था गरेकोमा सो खर्च मञ्च तथा स्थानीय यातायातसहित बढिमा अनुमानित २५ देखि ३० लाख हुनुपर्नेमा उक्त साधारण सभाको खर्च ५० लाख देखाई अनियमितता गरिएको उनीहरुको आरोप छ । साधारण सभाको खर्च ५० लाख के–के शिर्षकमा भयो ? भन्ने स्पष्ट नभएको र अधिवेशन भएको ६ महिनापछि बसेको कार्यसमितिको बैठकमा दिनभरि अन्य विषयमा लफडा गरी राती ११ बजेतिर के कति रकम खर्च भएको हो सो कुरासमेत उल्लेख नगरी कार्यसमितिको बैठकबाट उक्त खर्च अनुमोदन गराइएको बताइएको छ । अनियमितता भएको उक्त रकम छानविनका लागि अक्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रसाशन कार्यालय लगायतको ध्यानाकार्षण गरिएको छ ।

साथै, गत असार १ गते कार्यसमितिको बैठकमा जाने क्रममा दाङ जिल्लामा राति ११ वजे मदिरा सेवन गरि अध्यक्ष आचार्यले उपाध्यक्ष घिमिरे तथा कार्यसमिति सदस्य दीपा देवकोटा र सोनिका ढकाललाई अश्लिल गालीजलौज गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष आचार्यविरुद्ध भालुवाङ प्रहरीमा जाहेरी दिइएको समेत विज्ञप्तिमा खुलाइएको छ ।

अध्यक्ष आचार्यको अवैधानिक गतिविधि बन्द गरिनु् पर्ने, सुदूरपश्चिम प्रदेशको पछिल्लो कार्यसम्पादन समितिको निर्णय विना शर्त फिर्ता गरिनुपर्ने, प्रदेश समितिको वैधानिक अधिकार कुण्ठित गर्न नहुने, अवैधानिक कार्य र गुण्डागर्दी शैली तत्काल रोक्ने र हस्तक्षेपकारी भूमिका बन्द गरिनुपर्ने, अध्यक्ष आचार्यले हालसम्म गरेको गल्तिको सार्वजनिक रुपमा माफि माग्नुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, संस्थामा व्यक्तिको नभएर विधिको शासन कायम गरिनु पर्ने, आर्थिक कारोबार पारदर्शी हुनुपर्ने महिला कर्मचारीविरुद्द गरिएको ज्याजती बन्द गरिनुपर्ने उनीहरुको माग छ ।

राष्ट्रिय अपाङ्ग महासंघका उपाअध्यक्ष र प्रदेश अध्यक्षहरुले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिः



प्रतिक्रिया दिनुहोस्