Logo

अफलाईन राइड लिने ४८ राइडर प्रहरी नियन्त्रणमा



काठमाडौं, ८ पुस । पठाओ र इनड्राइभको नाममा अफलाईन ड्राइभ गर्ने ४८ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (पुस ७ गते) विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने कृयाकलापमा संलग्न ४८ जना व्यक्तिहरुसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भन्दै प्रहरीले अफलाईन राइट शेयरिङ नगर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot