Logo

हेटौडामा आइशरको रि–सेल मेला सुरु



काठमाडौं, ८ पुस । नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकको मागलाई लक्षित गर्दै हेटौडामा रि–सेल मेलाको आयोजना गरेको छ ।

एक कार्यक्रमबीच नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल, हेटौडा उप–महानगरपालिका प्रतिनिधि विजय पुडासैनी र बतास एम.ए.डब्लु. प्रा. लि.का तर्फवाट रि–सेल प्रमुख परीक्षण धिमालले संयुक्त रूपमा रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा श्रेष्ठले आइशर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माईलेज विशेष र पावर उत्कृस्ट रहेको जानकारी गराए । मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मानिर्भर हुने उनले विश्वास व्यक्त गरे । साथै, चालकलाई लक्षित गरी २५ लाखको आकस्मिक बीमाले थप उर्जा दिनेसमेत उनले बताए ।

मेलापौष ८ गतेदेखी १० गतेसम्म संचालन हुने बताइएको छ । आइशरले आफ्ना ग्राहकको आवश्यकतालाई महसुस गर्दै यस्ता किसिमका कार्यक्रम समयसापेक्ष ल्याउने गरेको छ ।

नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ । यसअघि आइशरले आफ्ना ग्राहकलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेश इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थियो । क्यासलेश योजनामार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न बताइएको छ । त्यसबेला ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने र बाँकी रकम बिमा कम्पनी र बतास एम.ए.डब्लूबीच कारोबार हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot