Logo

हत्या अभियोगमा सफाइ पाएका सांसद कोइरीको निलम्बन फुकुवा



काठमाडौं, ८ पुस । हत्या अभियोगमा सफाइ पाएका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाका भएको छ । उनले निलम्बन फुकुवाका लागि संसद् सचिवालयमा निवेदन दिएका थिए । उनी महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

महोत्तरीमा भएको मधेश आन्दोलनका क्रममा शसस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिएको थियो ।

२८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयलाई पत्र लेखेका थिए ।

फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बित भएका थिए । निलम्बन फुकुवासँगै अब उनी संसद् र संसदीय समितिको बैठकमा समेत उपस्थित हुन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्