Logo

उद्योगपति पवन गोल्यानलाई धमलाको प्रश्न, ‘विद्युत महशुल किन नतिरेको ?’



काठमाडौं, ९ पुस । उद्योगपति एवं व्यवसायी पवन गोल्यानले आफूले नेपाल विद्युत प्राधिकरणलाई कुनै वक्यौता तिर्न बाँकी नरहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले सञ्चालन गरेको रिलायन्स स्पिनिङ मिल्सले प्राधिकरणलाई तिर्नुपर्ने वक्यौता नरहे पनि ७३ करोड तिर्न बाँकी भनेर विल आएको बताए ।

‘विद्युत प्राधिकरणको महशुल किन नतिरेको ?’ भन्ने धमलाको प्रश्नमा व्यवसायी गौल्यानले भने,– ‘तिर्नुपर्ने भए पो तिर्ने ? नियमित बिल त हामीले हरेक महिना तिरिनै राखेका थियौं । तीन वर्षपछि एकैचोटी चार लाईन लेखेर एउटा चिठी आयो । बिल पनि आएको होईन । तपाईँको ७३ करोड रुपैँया तिर्नुस् भनेर रिलायन्स स्पिनिङ मिल्सलाई चिठी आएको छ । त्यत्ति लेखेर आउँदैमा, तीन वर्षपछि त्यो पनि, न त्यसमा कारण खुलाएको छ ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा प्राधिकरणले छ वटा उद्योगको लाईन काटिसकेको छ । डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाईन काटिएको छ । यी छ कम्पनीसँग साढे नौ अर्ब रुपैयाँभन्दा बढि बक्यौता रहेको प्राधिकरणको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot