Logo

वाईसीएल अध्यक्ष शेर्पालीको पश्नः ‘रविजी तपाईँ र जिबी राईलाई रास्वपाले कारबाही गर्ला त ?’



काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष शुवोधराज शेर्पालीले रास्वपा सभापति रवि लामिछानेलाई तपाई र जिबी राईलाई पार्टीले कारबाही गर्छ त ? भन्दै प्रश्न गरेका छन् । सहकारी ठगी आरोपमा राई फरार छन् भने रास्वपा सभापति लामिछानेमाथि पनि संलग्न रहेको अरोप लाग्ने गरेको छ ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग तत्कालीन प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठले पैसा मागेको अडिओ बाहिर आएपछि रास्वपाले उनलाई कारबाही गरेको थियो । समानुपातिक सांसद बनेका ढाकाकुमारलाई रास्वाले स्पष्टीकरणको राम्रो मौकासमेत नदिई सांसदबाट बरखास्त गर्दै साधरण सदस्यबाट समेत निलम्बन गरेको थियो ।

सोही प्रसंगलक्षित गर्दै अध्यक्ष सेर्पालीले ‘सोझासाझालाई अडियोको आधारमा ७२ घण्टे स्पस्पष्टीकरणकै आधारमा कारबाही गर्ने तपाईँनै होईन ? भन्दै प्रश्न गरेका छन् ।

लामिछाने मिडियामा हुँदा मुलुकको संविधान देशको परिवर्तनमा भूमिका खेलेका नेताहरूको विरोध गरेर देशको कानुन, प्रहरी प्रशासन आफै हुँ भन्ने गरी उम्लिएको उनको टिप्पणी छ । रविको असली रुप विस्तारै आम नागरिकले बुझ्दै जाने उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

रविजी तपाईँको पार्टीले तपाईँ र जिबि राइलाई कारबाही गर्ला त ? विचरा सोझासाझालाई त फोन अडियोको आधारमा ७२ घण्टे स्पष्टीकरणकै नाममा कारबाही गरेको तपाईं नै होक्यारे होइन र ? तपाइबारे त सर्वसाधारण ठगीमा प्रतिवेदनमै उल्लेख रहेछ । रास्वपाका धेरै नेता कार्यकर्ता रविको व्यक्तिवादको भ्रममा नपर्ने गरि विषय छताछुल्ल भएको छ ।

अब हेरौं लोक कसरी हसाउछन । मिडीयामा हुँदा मुलुकको संविधान देशको परिवर्तनमा भूमिका खेलेका नेताहरूको विरोध गरेर देशको कानुन प्रहरी प्रशासन आफै हुँ भन्ने गरि उम्लिएका रविको असली रुप विस्तारै आम नागरिकले बुझ्ने गरि आउदैछ । साच्चै उनले सुशासन अनि भ्रष्टाचार अन्त्यका कुरामा त दैनिक कार्यक्रम नै गर्थे क्यारे । तर, राजनीतिमा आएपछि उपप्रधानमन्त्री गृहमन्त्री समेत बने तर उनले भनेको सुशासन देख्न र महसुस गर्न आशा गरेका नागरिकले त्यो पाएनन् । बरु अनेक नागरिकता अमेरिकन पासपोर्ट ड्राइभर काण्ड लगायत आफ्नो निर्वाचन क्षेत्रको जनताको कुनै काम नगरी हावादारी भाषण मिसन गफाडी झेल्नु परिरहेको छ । रबिले पुरानोको विकल्प त उनकै भाषामा अरुले २ गडबड गरेको ठाउँमा उनले ८ को छलाङ हान्नलाई पो रहेछ । कठै नयाँ हुँ भन्नेको दुरदशा हेर्नलायक देखिदैछ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्