Logo

पर्यटनमन्त्री किरातीको राजीनामा माग गर्दै गौशलामा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गर्दै धार्मिक समुदायहरुले प्रर्दशन गरेका छन् ।

आज (सोमबार) उनीहरुले मन्त्री किरातीले सनातन धर्म–संस्कृतिको विरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौंको गौशलाबाट प्रदर्शन गरेका थिए । उनीहरुले मन्त्री किरातीको विरोधमा चर्का नाराबाजी र राजीनामा माग गरिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले ‘धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर, विभेदकारी मन्त्रीलाई कारबाही गर, सनातन हिन्दुराष्ट्र कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

मन्त्री किराती केही दिनअघि क्रिश्चियन धर्मालम्बीहरुले आयोजना गरेको एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्