Logo

देउवा भन्छन्, ‘गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ’



काठमाडौं, ९ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको बताएका छन् । कांग्रेस तनहुँले आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन गरेर जाँदामात्रै कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने बताए ।

‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ,’– उनले भने ।

लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन आवश्यक रहेको उनको भनाइ छ । देउवाले गणतन्त्रको विकल्प नभएको बताए
। सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए । देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए । ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्