Logo

श्रीमती हत्या गरेको अभियोगमा ६० वर्षीय विश्वकर्मा पक्राउ



काठमाडौं, १५ पुस । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ६० वर्षीय धनबहादुर बिश्वकर्मा पक्राउ परेका छन् । ६० वर्षीया ईन्द्र कुमारी बिश्वकर्माको हत्या गरेको अभियोगमा ईलाम माङसेबुङ गाउँपालिका–४ घर भई झापा दमक नगरपालिका–२ बगर मखमली टोल बस्ने बिश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादको क्रममा धन बहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्र कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्