काठमाडौं, १६ पुस। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले छुट्टै अर्ध सैनिक बल निर्माण गरेको छ । यही पुष १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेलासहित सुरू भएको सैनिक तालिम अहिले निरन्तर जारी छ । झण्डै ७ दिन चलने उक्त तालिममा देशभरीका हजारौं युवाहरु सहभागी छन् । रौतहटको मौलापुरमा भईरहेको उक्त तालिममा आईटी सम्बन्धी प्रशिक्षणदेखी सैनिक अभ्याससमेत भइरहेको बताइएको छ ।
प्रशिक्षणबारे आईटी आर्मीका प्रदेश अध्यक्ष बालाशंकर कुशवाहा साहले भने,“अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटी सम्बन्धी तालिम अत्यावश्यक छ । किनकी आईटीबिना देशको विकास सम्भव छैन । बैदेशिक रोजगारीमा भईरहेको ठगी रोकन, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भईसकेकोले यो तालिम गर्न लागेको बताए । यो तालिम पछी आईटी आर्मीका युवाहरुले देशमा बढ़दो संकट रोकन सकारात्मक योगदान गर्नेछ ।”
आजपाले अहिलेको व्यवस्था असफल भैसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाऊन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ । आजपाका अध्यक्ष साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भूमिका सहयोगी हुने बताए । उनले सुरक्षा अधिकारीहरु देशको संकटबारे चिन्तित भएन र पार्टीको लुटतन्त्रलाई चोख्याउन नै लागे भने अब आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने बताए । ‘ढिलो चाँडो नेपाली सेनाका जवानहरुले बूझनेछन र देश निकासको लागि आईटी आर्मी संग सहकार्य गर्नेछ । यही तरिकाले अब देश अघि बढ्न सक्दैन्, आईटी आर्मीले देशको निकासमा बिशेष सहयोगी भुमिका खेलने पक्का छ,’– आजपा अध्यक्ष साहले भने ।
उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन् ।