Logo

मन्त्री ज्वालाको बचाउमा उत्रिए माधव नेपाल



काठमाडौं, १६ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालाको कुनै गल्ती नभएको बताएका छन् ।

आज (सोमबार) नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मन्त्री ज्वालाको बचाउ गरेका हुन् । ‘उहाँ (ज्वाला) सरकारी कामकाजको सिलसिलामा निस्किनु भएको हो। घटनामा उहाँ दोषी हुनुहुन्न,’– अध्यक्ष नेपालले भने ।

बालकुमारीमा पार्टी बैठक केन्दीय कमिटीको बैठकमा सहभागी भएर फर्किने क्रममा उनको गाडीमा प्रदर्शनकारीहरुले आगजानी गरेका थिए ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजै बसेको बैठकलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले समेत मन्त्री ज्वालाका कारण घटना घटेको दाबी गरेका छन् ।

मन्त्री ज्वालाले सुरक्षा संवेदनशीलतालाई ख्याल नगरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । समितिमा उपस्थित सांसदहरुले उनको राजीनामा समेत माग गरेका छन् । तर, अध्यक्ष नेपाल भने आफ्नो पार्टीका मन्त्री ज्वालाको बचाउमा उत्रिएका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्