काठमाडौं, १६ पुस । सुर्खेतमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पुत्ला दहन भएको छ । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनालाई लिएर मन्त्रीद्वयको पुत्ला दहन भएको हो । आज (सोमबार) जिल्ला प्रशासन कार्यालय अगाडि ‘युवा विद्रोही’ समूहले मन्त्रीहरुको पुत्ला जलाएका हुन् ।
शुक्रबार कोरिया भाषा परीक्षा विवादबारे प्रदर्शन भइरहेको थियो । मन्त्री ज्वाला सोही बाटो फर्किदा उनको गाडीसमेत प्रदर्शनकारीले आगजानी गरेका थिए । मन्त्री सोही बाटो फर्किएपछि प्रदर्शनकारी थप आक्रमक बनेका थिए ।