काठमाडौं, १७ पुस । आम जनता पार्टी (आजपा) को आम सम्पर्क मञ्चले विगत १७ दिनदेखि भन्सार विभाग घेराउ र प्रदर्शन जारी राखेको छ । ४५ प्रतिशत पुरस्कारको प्रावधान खारेजीको माग गर्दै उनीहरुले प्रदर्शन गरिरहेका हुन् । भन्सार घेराउको क्रममा आज उनीहरुले भन्सारमा ४५ प्रतिशत रकमले पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गर्न माग गरेका छन् ।
देशको आर्थिक संकट सुधारका लागि राजस्व चुहावट रोक्न जरुरी रहेको आम सम्पर्क मञ्चको भनाइ छ । पुरस्कारको नाममा भन्सारबाट उठेको रकम मन्त्री एवं उच्च पदस्थ कर्मचारीको खातामा जानुलाई कुनै हिसाबले सही भन्न नसकिने उनीहरुले बताएका छन् ।