Logo

सिके राउतसहितका नेता/कार्यकर्तालाई पक्राउ गरिएको विरोधमा डा.झाको नेतृत्वमा प्रर्दशन



काठमाडौं, १७ पुस । जनमत पार्टीका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलगायतलाई पक्राउ गरिएको विरुद्धमा जनकपुरमा डा. प्रशन्न झाको नेतृत्वमा विरोध प्रर्दशन भएको छ । हिजो (सोमबार) धोती दिवस मनाउन माईती घर पुगेका उनीहरुलाई निधेषित क्षेत्रमा कार्यक्रम गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सरकारको बहालवाला मन्त्री र राष्ट्रिय पार्टीको हैसियतमा रहेको जनमतका अध्यक्ष लगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरुले जनकपुरमा पनि प्रर्दशन गरेका हुन् ।

डा. झाको नेतृत्वमा तथा प्रदेश सांसदहरु हसिना खातुन, रन्जु खङ मण्डल, एमडी कलम, जनमत पार्टीका जनकपुर उपमहानगर– ८ का अध्यक्ष राम बिलोक राय, उपाध्यक्ष धर्मेन्द्र मुखिया लगायत युवाहरूको उपस्थितिमा बज्रङ चोकमा विरोध प्रदर्शन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्