काठमाडौं, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने सन्तोष रानाभाट साधारण तारेखमा रिहा भएका छन् । कास्की जिल्ला प्रशासन कार्यालयले उनलाई साधाररण तारेखमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।
गत पुस ७ गते पोखराको अमरसिंह चोकमा उनले रास्वपा सभापति लामिछानेमाथि खोया प्रहार गरेका थिए । आफूमाथि खोया प्रहार गर्नेलाई केही पनि नगर्न लामिछानेले प्रशासनसँग भनेका थिए । उनीमाथि १० दिनको म्याद थप गरी अभद्र व्यवहारमा अनुसन्धान भएर साधारण तारेखमा छाडिएको हो ।