Logo

राष्ट्रिय सभा निर्वाचनः गठबन्धन दलको बैठक बस्दै



काठमाडौं, १८ पुस । सत्तारुढ गठबन्धन दलको बैठक बोलाइएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा भागबण्डा टुंग्याउन आज दिउँसो तीन बजे गठबन्धन दलको बैठक बोलाइएको हो । आज (बुधबार) विहान पनि नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार पुगेर नेकपा (माओवादी केन्द्र) का नेताहरुसँग भागबण्डाबारे छलफल गरेका थिए । त्यसपछि कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको संयुक्त बैठक दिउसो बोलाइएको हो ।

आजको बैठकमा माओवादीबाट प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवंगृह मन्त्री रहेका पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए । त्यसैगरी, कांग्रेसका तर्फबाट सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी उपसभापतिसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

दिउँसो तीन बजे गठबन्धन दलसँगको बैठक पनि बेलुका ५ बजे पुनः नेकपा (एमाले) सँग संयुक्त बैठक आह्वान गरिएको छ । बैठकमा सहमति बनेमा एमालेलाई पनि सिट छुट्याउन गठबन्धन दल लचिलो बनेको छ ।



प्रतिक्रिया दिनुहोस्