Logo

टाउकाको मूल्य तोक्ने र बम हान्नेबीचको गठबन्धन अप्राकृतिक र असान्दर्भिक छः एमाले नेता रिजाल



काठमाडौं, १८ पुस । नेकपा (एमाले) का नेता विष्णु रिजालले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक र असान्दर्भिक रहेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले कुनै काम गर्न नसकेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारले काम गर्न नसकेको भन्दै राजीनामा दिएको उनको दाबी छ ।

माओवादी र कांग्रेसबीच कुनै सिद्धान्त र नीति नमिल्ने उनको दाबी छ । अन्य देशहरुको अभ्यास हेर्दा पनि यस्ता प्रकारको सत्ता गठबन्धन नपाइने उनको दाबी छ । अहिलेको गठबन्धन सरकार टाउकाको मूल्य तोक्ने र बम बारुद हान्नेबीचको अप्राकृतिक रहेको उनले बताए ।

‘लोकतन्त्रमा गठबन्धनलाई म निरपेक्ष ढंगले हेर्दिन । तर, विपरीत अवस्था, दर्शन, नीति र विचारमा रहेका दलहरु विगतमा एकअर्काको टाउकाको मूल्य तोक्ने र बम बारुद हान्नेबीचको एकता अप्राकृतिक र असान्दर्भिक छ,’– उनले भने ।

नेपालको संविधान जारी हुँदै गर्दा भारतीय विदेश सचिवको रुपमा रहेका एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएका थिए । उनले सन् २०१९ मा पनि विदेश मन्त्रीका रुपमा नेपाल भ्रमण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot