काठमाडौं, १८ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेलाई पनि भागबण्डा दिनेगरी सत्ता गठबन्धनमा छलफल अगाडि बढेपछि नेकपा (एकीकृत समाजवादी) का नेताहर सशंकित भएका छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय सभामा एमालेलेलाई शून्य नबनाउनुस्, मिलेर जाउँ’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सत्तारुढ गठबन्धन दलको बैठकमा सुनाएका थिए ।
उक्त प्रस्तावमाथि आज विहान माओवादी र नेपाली कांग्रेसका नेताबीच पनि छलफल भएको थियो । तर, एमालेलाई राष्ट्रिय सभामा भागबण्डा दिने वा नदिने भन्नेबारे गठबन्धनमा टुंगो लागिसकेको छैन ।
एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले एमालेले भाग माग्नुका पछाडिको हिडेन इन्ट्रेस्ट बारे आशंका व्यक्त गरे । उनले एमालेको खास प्रस्ताव गठबन्धन दलबीच छलफल भएरमात्रै निर्णयमा पुग्नुपर्ने बताए ।
‘सहभागी गराएर जानेकी भन्ने खाल्को कुरा प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई शून्य नगर्नुस्् भन्नुभयो भन्ने खाल्को कुरा आयो । हामीले सबै दलसँग सल्लाह गरेर उहाँहरुको खास प्रस्ताव के हो भनेर बुझेरमात्रै टुङ्गो लगाउन भनेका छौं,’– बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पाण्डेले भने । Photo By: Mukunda Kalikote/RN