Logo

सूर्य दर्शन सहकारी ठगी प्रकरणः दुई जना जेल चलान



काठमाडौं, १८ पुस । कास्की जिल्ला अदालतले सूर्य दर्शन सहकारी ठगी प्रकरणमा संलग्न दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छु । अदालतले सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याललाई थुनामा पठाउने आदेश दिएको हो ।
गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरु हिजो (मंगलबार) अदालतमा उपस्थित भएका थिए ।

आज (बुधबार) न्यायाधीश वसन्तजंग थापाको इजलासले थुनछेक बहसपछि उनीहरुलाई थुनामा पठाउने आदेश दिएको हो । जिबी राईसहित १९ जनाविरुद्ध पत्रलाउ पुर्जी जारी भएको भएको भएपनि राई हाल फरार छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot