काठमाडौं, १९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले सहकारी विवादमा सभापति रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन् ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो संलग्नता नरहेरनै अदालतमा गाली बेइज्जती मुद्दा दायर भएको बताए । उक्त विषय अदालतमा प्रवेश गरिसकेको भन्दै उनले केही दिन कुर्नका लागि आग्रह गरे । लामिछानेले सहकारीमा गठी गरेको कुनै प्रमाण भए अदालत समक्ष पेश गर्नपनि उनले आग्रह गरे ।
‘त्यो गलत हो भनेर उहाँले त गाली बेइज्जती मुद्दा हालिसक्नु भयो । मद्दा हालिसक्नु भयो, मुद्दा हालिसकेपछि हामी केही दिन कुरौं । ….उहाँ कन्फिडेन्स हुनुहुन्छ, कान्तिपुरले आँकलन गरेअनुसार उहाँको गल्ती छैन । प्रमाण छ भने अदालतमा देखाइदिए भइहाल्छ,’– उनले भने ।