Logo

कोलकत्तामा हुने अन्तर्राष्ट्रिय ताईक्वान्दो प्रतियोगितामा मदरल्याण्डका विद्यार्थी सहभागी



काठमाडौं, १८ पुस । भारतको कोलकत्ता शहरमा यहि पौष २० र २१ गते (२०२४ जनवरी ५ र ६) मा आयोजना हुन गइरहेको गुवील अन्तर्राष्ट्रिय ताईक्वान्दो प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट ५ खेलाडी मास्टर लक्ष्मण वस्नेतको नेतृत्वमा प्रस्थान गरेका छन् ।

मदरल्याण्ड स्कुल भक्तपुरको कक्षा ८ मा अध्ययनरत अन्तर्राष्ट्रिय पदक विजेता जयराम विक, जुनियर अन्डर ४८ केजी तर्फ र मदरल्याण्ड स्कुलकी पूर्व विद्यार्थी एवं मदरल्याण्ड समूहबाट प्रशिक्षित महिला सिनियर अन्डर ४९ केजी तर्फ आरती सिखंवाल लगायत जुनियर अन्डर ५९ केजीतर्फ निशान्त लामिछाने, सिनियर अन्डर ६८ केजीतर्फ शान्तकुमार राणामगर र अस्तिक नकर्मीले ताइक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट खेल्नेछन् ।

नेपाल, भारत, बगंलादेश, भूटान लगायत देशका खेलाडीहरु सहभागी हुने खेलमा ताईक्वानडो आईटीएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेत विशेष अतिथिको रूपमा आमन्त्रित भएका छन् ।

सहभागी टोलीलाई बनेपा १३ स्थित विकटेश्वर मन्दिरका पुजारी प्रदीप पौडेलले मन्दिर प्रांगणमा वैदिक परम्पराअनुसार मन्त्रोचारण गरी सफलताको आशीर्वादसहित विदाई गरेका थिए ।

साथै, मदरल्याण्ड स्कुल भक्तपुरका २ खेलाडीलाई व्यवस्थापक शर्मिला देउजाले विदाई तथा शुभकामना दिएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्