Logo

एमालेसँग प्रचण्डले साँठगाँठ बढाएको भन्दै नेविसंघ असन्तुष्ट, राजीनामा माग



काठमाडौं, २० पुस । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजीनामा माग गर्दै प्रर्दशन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) सँग पनि गठबन्धनको प्रस्ताव ल्याएपछि त्यसको विरोध गर्दै नेविसंघले प्रदर्शन गरेको हो ।

प्रचण्ड नेतृत्वको सरकार राज्य आतंक र भ्रष्टाचारमा लिप्त भएको नेविसंघको आरोप छ । उनीहरुले ‘प्रचण्ड सरकार राजीनामा दे, राज्य आतंक बन्द गर, सुन काण्डका नाइकेहरूलाई कारबाही गर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्