काठमाडौं, २० पुस । काठमाडौंका कुलेश्वरबाट लागूऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको बेलकोट– ७ घर भएका २४ वर्षीय नुरप्रसाद खतिवडा, काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ का २५ वर्षीय प्रकाश लामा, सिन्धुपाल्चोक टौथलीका किरण थामी, काभ्रेका सुमन पहरी र मकवानपुरअनिल ब्लोन रहेका छन् ।
अवैध लागूऔषध ओसार–पसार तथा खरिद बिक्री वितरणसमेतका कार्य भइरहेको विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा उनीहरुको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट नुर्फिन ८४ थान, फेनेरोगाम ८४ थान, डाईजोपाम ८४ गरी जम्मा २ सय ५२ थान लागूऔषध बरामद भएको छ । त्यसैगरी, उनीहरुको साथबाट प्रहरीले ८ थान मोबाईलसमेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।